कपिलवस्तु १ मा एमालेका बलराम निर्वाचित, माओवादी सचिव बलदेव पराजित – Nepal Press

कपिलवस्तु १ मा एमालेका बलराम निर्वाचित, माओवादी सचिव बलदेव पराजित

रुपन्देही । नेकपा माओवादीका सचिव तथा पूर्वमन्त्री चक्रपाणी खनाल बलदेवलाई फराकिलो मतान्तरले पराजित गर्दै कपिलवस्तु १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी विजयी भएका छन् ।

अधिकारीले सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका बलदेवलाई १५ हजार ६९२ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले ३४ हजार ६७५ मत पाउँदा खनालले १८ हजार ९८३ मत पाएका थिए । ०७४ मा तत्कालीन बामगठबन्धनबाट विजयी भएका खनाल पूर्वमन्त्री हुन् । खनाल माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिन्छन् । यो क्षेत्रबाट प्रदेश सभामा दुवै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कपिलवस्तु १ को प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार मधुसुदन शरण चौधरी विजयी भएका छन् । चौधरीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सहसराम यादवलाई २६ सय ८२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चौधरीले ११ हजार ७४८ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले ९ हजार ३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा १ का निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिए ।

निर्वाचनमा पराजित भएका यादव लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार मन्त्री समेत हुन् । उनी ०७४ मा यही क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए । मनोनयन गर्ने दिन जसपाबाट दर्ता गराउन गएका उनी जसपा सत्तारुढ दलको गठबन्धनमा नपरेकाले जित्न कठिन हुने भन्दे बीचमै नेपाली कांग्रेसमा प्रवेश गरेर गठबनधनको उम्मेदार बनेका थिए ।

त्यसअघि १ को २ मा एमालेका विष्णु पन्थी फराकिलो मतान्तरले विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर