प्रत्यक्षबाट संघीय संसद्को यात्रा तय गर्ने सुदूरपश्चिमकी एक्ली महिला सांसद बनिन् रन्जिता – Nepal Press

प्रत्यक्षबाट संघीय संसद्को यात्रा तय गर्ने सुदूरपश्चिमकी एक्ली महिला सांसद बनिन् रन्जिता

कैलाली । सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षमा एक जना महिला मात्रै निर्वाचित भएकी छन् । चार जना महिला उम्मेदवार रहेका मध्ये एक जनाले मात्रै संसदीय यात्रा तय गरेकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ सुदूरपश्चिम प्रदेशबाट संघीय संसद् प्रवेश गर्ने एक मात्र महिला बनेकी छन् । यस पटक कैलाली १ मा रन्जितासँगै कञ्चनपुर १ बाट माओवादी केन्द्रकी बिना मगर,कञ्चनपुर ३मा एमालेकी निरु पाल र डोटीमै एमालेकी गौरी ओली उम्मेदवार थिइन् ।

उनीहरू मध्ये कैलाली १ मा राम जनम चौधरीलाई हराउँदै रन्जिता श्रेष्ठ मात्रै प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भइन् । उनी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष पनि हुन् । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रमा अहिले उनकी पत्नी विजयी भएकी हुन् ।

कञ्चनपुर १ मा बिना मगर एमालेका तारा लाम तामाङसँग फराकिलो मतान्तरले पराजित हुँदै छिन् । कञ्चनपुरको ३ मा पाल कांग्रेसका रमेश लेखकसँग र डोटीमा ओली नेकपा एसका प्रेम आलेसँग पराजित भइसकेकी छन् ।

अघिल्लो पटक पनि सुदूरपश्चिम प्रदेशमा चार जना महिला उम्मेदवार मध्ये एक जना मात्रै प्रतिनिधि सभामा विजयी भएका थिए । अघिल्लो पटक कैलाली १ मा तत्कालीन एमालेबाट उम्मेदवार भएकी गरिमा शाह, र कांग्रेसका ईश्वरी न्यौपाने र कैलाली ५ का काङ्ग्रेसकै आरजू राणा देउवा पराजित भएकी थिइन् ।

त्यो बेला कञ्चनपुर १ मा बिना मगर मात्रै विजयी भएकी थिइन् । मगर अहिले पराजित हुँदै छिन् ।

१८ हजार ८१ मत मात्रै ल्याएका छन्। यो क्षेत्रबाट ०७४ सालको चुनावमा रञ्जिताका श्रीमान् रेशम चौधरी भारी मतान्तरले जितेका थिए। उनी टीकापुर घटनामा दोषि ठहर भएर जेल जीवन बिताइरहेका छन्। रेशम पत्नी रञ्जिता जित निकालेर कैलाली १ मा विरासत जोगाउन सफल भएकी छन्। उनी यस पटक सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि बनेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर