विश्वकपः दक्षिण कोरिया र उरुग्वेको पहिलो हाफ बराबरी – Nepal Press

विश्वकपः दक्षिण कोरिया र उरुग्वेको पहिलो हाफ बराबरी

काठमाडौ । दक्षिण कोरिया र उरुग्वेले कतारमा जारी फिफा विश्वकप २०२२ मा पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।
एजुकेसन पार्क रंगाशालामा जारी समूह ‘एच’को पहिलो खेलमा दुवै टिमले गोल गर्ने थुपै्र अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेका छैनन् ।
दक्षिण कोरिया र उरुग्वे फिफा विश्वकपमा योसहित तेस्रो पटक आमने सामने भएका हुन् । यसअघिका दुवै भेटमा उरुग्वेले दक्षिण कोरियालाई पराजित गरेको छ । सन् १९९०को समूह चरणमा १–०गोलको नतिजामा जित निकालेको उरुग्वेले सन् २०१०मा अन्तिम १६मा २–१ले हराएको थियो ।
यो दक्षिण कोरियाको विश्वकपमा ११औं सहभागिता हो । दक्षिण कोरिया विश्वकपमा सबैभन्दा धेरै सहभागी हुने एसियन राष्ट्र पनि हो ।
समूह ‘एच’ को दोस्रो खेलमा ९ः४५ बजे पोर्चुगल र घाना प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर