माइला हारेपछि कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीविरुद्ध नाराबाजी (भिडिओ) – Nepal Press

माइला हारेपछि कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीविरुद्ध नाराबाजी (भिडिओ)

पोखरा । कास्की कांग्रेसमा अन्तर्घात भएको भन्दै नाराबाजी भएको छ । पोखरा १३ बाँझापाटनमा कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

कास्की १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ पराजित भएपछि उनीहरूले नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीविरुद्ध नारा लगाए ।

कृष्ण केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै माइला निकट समूहले नाराबाजी गरेको बताइएको छ ।

कास्की मादी गाउँपालिकाका सभापति यम गुरुङले दिउँसो फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेको बताएका छन् ।

उनले लेखेका छन्, ‘मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ, जित्न दिनुहुँदैन भनेर पढाए । यसको तात्पर्य दुवै उम्मेदवार हराउनुपर्छ भन्ने हो ।’

कास्की १ मा मतगणना जारी हुँदा कांग्रेसका उम्मेदवार जिल्ला सभापति किशोरदत्त बराल एमालेका उम्मेदवार मनबहादुर गुरुङसँग निरन्तर पछाडि छन् ।

एमालेसँग ७० लाख रुपैयाँ लिएर पार्टीलाई अन्तर्घात गरेको उनीहरूको आरोप छ । उनीहरूले सुरुमा कृष्ण केसीको घर घेराउ गरेर उनीहरू सडकमा नाराबाजी गरेका थिए । अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर