भारतमा दिपेन्द्र र रोहितको सतकका बावजुद हार्यो नेपाल – Nepal Press

भारतमा दिपेन्द्र र रोहितको सतकका बावजुद हार्यो नेपाल

काठमाडौं । दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलको सतकका बावजुद पनि बलिङमा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल भारतमा सम्पन्न डीडीसीएसँगको पहिलो अभ्यास खेलमा दुई विकेटले पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको ३ सय ४ रनको लक्ष्य डीडीसीएले ४९.३ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।

डीडीसीएको जीतमा ओपनर साहिल मल्होत्राले सर्वाधिक ५२ रनको योगदान गरे । वैभव शर्मा ४४ रनमा आउट हुँदा सक्षम शर्माले ३३ रन जोडे ।
तिलक ठाकुर १५ रन, यश वर्धन ओबेरिया ४२ रनमा अविजित रहँदा मनिष श्रीवात १५ रनमा अविजित रहे । शिवम शर्माले २१ रनको योगदान गरे ।
नेपालको बलिङमा कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिँदा सोमपाल कामी, लिलित नारायण राजवंशी र हरिशंकर शाहले समान एक विकेट लिए ।
नेपालको ब्याटिङमा रोहित पौडेलले सर्वाधिक १ सय १३ रनको योगदान गरेका थिए । यस्तै, दिपेन्द्रसिंह ऐरीले १ सय ९ रनको सतकिए इनिङखेले । आरिफ शेखले १८ रन, हरिशंकर शाह २५ रन र कुशल भुर्तेलले २१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियामा डिसेम्बर १ देखि आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारीका लागि नेपाली क्रिकेट टिम अहिले भारत भ्रमणमा रहेको छ ।
दोस्रो अभ्यास खेल नेपालले डीडीसीएसँगै शुक्रबार खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर