बारा ३ मा एमालेकी ज्वाला साहको अग्रदा बढ्दै, अच्युत मैनालीको जित सुनिश्चित – Nepal Press

बारा ३ मा एमालेकी ज्वाला साहको अग्रदा बढ्दै, अच्युत मैनालीको जित सुनिश्चित

काठमाडौं । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बारा क्षेत्र नमबर ३ मा नेकपा एमालेकी पोलिटव्युरो सदस्य ज्वाला कुमारी साहले करिब दुई हजारको अग्रता लिएकी छन् ।

हालसम्म ज्वाला कुमारीले १७ हजार १०८ मतले अग्रता लिइरहँदा जसपाका रामबाबु यादवले १५ हजार ५३ मतले पछ्याइरहेका छन् । पूर्वमन्त्री समेत रहेकी साह यसअघि माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । तत्कालीन नेकपा विभाजनको बेला प्रचण्डको साथ छाडेर ओलीतिर लागेपछि साहले प्रदेश सभा सदस्य पद गुमाएकी थिइन् ।

उता बारा क्षेत्र नम्बर १ मा एमालेका अच्युत प्रसाद मैनाली कांग्रेसका सहमहामन्त्री तथा वहालवाला मन्त्री उमाकान्त चौधरीलाई पराजित गर्ने चरणमा पुगेका छन् । पछिल्लो गणना अनुसार मैनालीले उमाकान्तमाथि ५ हजार माथिको मतान्तरले अग्रता लिएका छन् । मैनालीले २७ हजार ७२५ मतका साथ अग्रता लिएका बेला उमाकान्तले २२ हजार २६९ मत पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर