सोचेभन्दा फरक नतिजा आयो, कसको सरकार बन्छ भन्न सक्ने अवस्था छैन : माधव नेपाल (भिडिओ) – Nepal Press

सोचेभन्दा फरक नतिजा आयो, कसको सरकार बन्छ भन्न सक्ने अवस्था छैन : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् ।

रौतहटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको र नतिजाले शिक्षा दिएको बताए । उनले आगामी दिनमा निर्वाचनको परिणामको मुल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरि अघि बढ्ने धारणा राखे । उनले अवको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताए ।

जनताले आफूलाई ईमान्दारीता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने जिकिर गरे ।

अध्यक्ष नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मत प्राप्त गरेका छन् । यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेका नेपाल २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर