पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना – Nepal Press

पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना

काठमाडौं । ११औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालि आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा परेको छ । सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले कम्पनीलाई सम्मान गरेको हो ।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई केबुलकार सेवा प्रदान गरिसकेको छ ।

यसै समूहको भ्रातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवलकारले करिब ४८ करोड लागतमा मनकामनामा ४० कोठायुक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थाल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर