शंकर पोखरेलप्रति मेटमणिको कटाक्ष : प्रतिगामी कदमका मुख्य मतियारको हार भयो – Nepal Press

शंकर पोखरेलप्रति मेटमणिको कटाक्ष : प्रतिगामी कदमका मुख्य मतियारको हार भयो

दाङ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले दाङ २ बाट प्रतिगामी कदमका मुख्य मतियारको हार भएको टिप्पणी गरेका छन् ।

दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएपछि उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले दाङ २ बाट विजयी माओवादीकी रेखा शर्मालाई बधाई दिँदै लेखेका छन्, ‘दाङ २ जितियो । प्रतिगामीः पश्चागामीका मुख्य मतियारको हार भयो । नेपालको राजनीति जहिले नि प्रगतिशीलहरू जित्ने संस्कृति छ । बधाई छ । निष्कलंक व्यक्ति रेखा शर्मालाई ।’

नेता चौधरी दाङ १ को तर्फबाट सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । त्यहाँ उनले लिड गरिरहेका छन् । नेता चौधरीले १४ हजार ७०५ मत ल्याउँदा एमालेकी शान्ता चौधरीले ११ हजार २९१ मत ल्याएर पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर