७४ को नतिजा दोहोर्‍याउँदै धनकुटामा एमालेको क्लिनस्वीप – Nepal Press

७४ को नतिजा दोहोर्‍याउँदै धनकुटामा एमालेको क्लिनस्वीप

विराटनगर । धनकुटामा प्रतिनिधिसभाको १ र प्रदेशका २ समेत गरी तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । २०७४ को निर्वाचनमा पनि एमालले धनकुटाका सबै पालिकासहित तीनवटै क्षेत्र जितेको थियो ।

संघतर्फ सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुनिलकुमार थापालाई राजेन्द्रले हराए । राईले ३० हजार १०० मत पाउँदा थापाले भने २८ हजार ७०४ मत पाएका छन् । थापा पूर्वप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष स्व. सूर्यबहादुर थापाका छोरा हुन् । थापा राप्रपाको ठूलो समूहसहित उपमहामन्त्री पद लिएर कांग्रेस छिरेका थिए । कांग्रेसमा २०७४ मा पनि राई विजयी भएका थिए ।

प्रदेशसभातर्फ निरनकुमार राई विजयी भएका छन् । उनी एमाले धनकुटाका सचिव हुन् ।

उनले सत्ता गठबन्धनका अर्जुनकुमार राईलाई हराए । निरनले १७ हजार १८ मत पाउँदा नेकपा एसका अर्जुनकुमार राईले १० हजार २२५ मत पाए । जसपाका रकम चेम्जोङ्ग ८ हजार २ सय ४७ मत ल्याएर तेस्रो भए ।

प्रदेशसभा २ तर्फ पनि एमालेका जिल्ला अध्यक्षसमेत रहेका इन्द्रमणि पराजुली विजयी भए । उनले माओवादीकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरे । पराजुलीले १५७९७ मत ल्याउँदा श्रेष्ठले ११२३० मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर