चुनाव हारेपछि कमल थापाको दुःखेसो : मैले ओलीको विश्वास जोगाउन सकिनँ – Nepal Press

चुनाव हारेपछि कमल थापाको दुःखेसो : मैले ओलीको विश्वास जोगाउन सकिनँ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर १ मा उम्मेदवार बनेको कमल थापाले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास जोगाउन नसकेको बताएका छन् ।

मतगणना बाँकी छँदै हार स्वीकारेर ओलीले आफूमाथि विश्वास गरेकोमा आभार व्यक्त गरेका छन् । राप्रपाका अध्यक्ष नेपाल एमालेको सूर्य चिन्ह लिएर लडेका थिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद। तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु । तपाईंलाई मेरो शुभकामना ।’

त्यहाँ राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहको जीत निश्चित देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर