रहेनन् पुष्पलालका सहयोद्धा हर्ष स्याङ्बो – Nepal Press

रहेनन् पुष्पलालका सहयोद्धा हर्ष स्याङ्बो

काठमाडौं । नेपालमा कम्युनिष्ट स्थापना र विस्तारका लागि महत्वपूर्ण योगदान पुर्‍याएका वामनेता हर्ष स्याङ्बोको निधन भएको छ ।

स्याङ्बोको ९६ वर्षको उमेरमा निधन भएको हो । उनको आजै स्वयम्भूनजिकै गुम्बामा अन्त्येष्टि गरिएको छ । स्याङ्बोका एक छोरी छन् ।

उनी केही वर्षयता जटिबुटी मनोहरा नदी किनारको सुकुम्बासी बस्तीको एक टहरोमा अतिकष्टसाथ दैनिकी गुजारिरहेका थिए ।

उनले राजनीति सिकाएका र सदस्यता दिएकाहरु देशको उच्च भूमिकामा पुगिसकेका छन् ।

पहिलोपटक पुष्पलाललाई बनारसमा भेट्दा उनी उर्लिदो उमेरका युवा थिए ।

दार्जिलिङमा रहँदा चिया बगानमा आमाबुबाको श्रमलाई ब्रिटिशले गरेको शोषण गरेको देख्दा उनमा विद्रोही भाव जन्मिसकेको थियो । र, बाल्यकालदेखि नै उनी ब्रिटिशविरोधी कार्यक्रममा सहभागी हुन थाले ।

पछि पटनामा विश्वविद्यालय पढ्दै गर्दा बनारसमा उनको पुष्पलालसँग भेट भयो । २००५ सालमा ताजमहल हेर्न हिँडेका स्याङ्बो पुष्पलाललाई देख्नसाथ प्रभावित भए । २००६ सालमा पुष्पलालले कम्युनिष्ट पार्टी स्थपना गरे, जसमा स्याङ्बो पनि संस्थापक सदस्य रहे ।

पुष्पलालले जनतामाझ राजनीतिक चेतना छर्न पार्टी विस्तारका लागि उनलाई मुस्ताङ पठाएका थिए ।

यो पनि पढ्नुहोस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर