क्यानडाविरुद्ध बेल्जियमलाई संघर्ष, कठिन जितसहित विजयी सुरुवात – Nepal Press

क्यानडाविरुद्ध बेल्जियमलाई संघर्ष, कठिन जितसहित विजयी सुरुवात

काठमाडौं । कतार विश्वकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हरायो।

बेल्जियमका मिसी बात्सुवाईले निर्णायक गोल गरेका हुन्। खेलको ४४ औं मिनेटमा उनले गरेको गोलमा बेल्जियमले महत्वपुर्ण तीन अंक प्राप्त गरेको हो।

त्यसअघि ११ औं मिनेटमा प्राप्त पेनाल्टीलाई क्यानडाका अल्फोन्सो डेभियसले सदुपयोग गर्न सकेनन्। समूह एफमा १ खेलपछि बेल्जियमको तीन तथा क्रोएसिया र मोरक्कोको एक एक अंक रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर