ललितपुर ३ मा तोसिमाको जित, तेस्रो बनिन् पम्फा – Nepal Press

ललितपुर ३ मा तोसिमाको जित, तेस्रो बनिन् पम्फा

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् ।

अन्तिम मत परिणाम अनुसार जम्मा खसेको ६१६७८ मत मध्ये तोसिमाले ३१ हजार १३६ मत पाएर निर्वाचित भएकी हुन् । उनी  १८ हजार  १७९ मतान्तरले विजयी भएकी हुन् ।

नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी गठबन्धनका तर्फबाट माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर