सुनसरीको प्रदेशसभामा ३ हजारले लिड गर्दै रेवती, द्वारिकलाल तेस्रो स्थानमा – Nepal Press

सुनसरीको प्रदेशसभामा ३ हजारले लिड गर्दै रेवती, द्वारिकलाल तेस्रो स्थानमा

इटहरी । इटहरीका १० र रामधुनी नगरपालिकाका दुई वडा मिलेर बनेको सुनसरी २ (१) को जारी गणनामा नेकपा एमालेका रेवतीरमण भण्डारीले तीन हजार मतान्तरले अग्रता लिइरहेका छन् ।

उनीसँगै प्रतिस्पर्धामा रहेका पूर्वसहकर्मी माओवादी उमेदवार तथा पूर्वमेयर द्वारिकलाल चौधरी तेस्रो स्थानमा छन् । चौधरीलाई राप्रपाले थोरै मतले लिड गरिरहेको छ । पछिल्लो अपडेटअनुसार भण्डारीको ८३२४ मत आउँदा राप्रपाका मोहनबहादुर खत्रीको ५३४८ मत ल्याएर पछ्याइरहेका छन् । द्वारिकलालको ५०४७ मत छ । चुनावको संघारमा पार्टी परिवर्तन गरी द्वारिकलाल माओवादी प्रवेश गरेका थिए ।

स्वतन्त्र उमेदवार दीपेन्द्र घिमिरे २९६१ मतका साथ चौथो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर