माओवादीको ‘आधार इलाका’ बर्दिया २ मा रेशम चौधरीका बुवा निर्वाचित – Nepal Press

माओवादीको ‘आधार इलाका’ बर्दिया २ मा रेशम चौधरीका बुवा निर्वाचित

रुपन्देही । बर्दिया क्षेत्र नम्बर २ मा लालवीर चौधरी विजयी भएका छन् ।

उनले २६ हजार ५२० मत पाए । चौधरी रेशम चौधरीका बुवा हुन् । रेशम टीकापुर घटनामा दोषी ठहर भएर अहिले जेलमा रहेका छन् ।

यस्तै गठबन्धनका उम्मेदवार सुरेश पन्थले २६ हजार ३८४ मत पाए ।

नेकपा एमालेका पंकज सिंह राठौरले १६ हजार ०९० मत पाए ।

यसअघि ०६४ देखि ७४सम्मका तीनै निर्वाचन जितेको माओवादीले यो क्षेत्रलाई आधार इलाका मानेको थियो ।

थारु बाहुल्य रहेको यो क्षेत्रमा यसअघि लगातार जितेका सन्तकुमार चौधरीलाई माओवादीले उम्मेदारी नदिएर सुरेश पन्तलाई उम्मेदार बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर