विश्वकपमा स्पेनको सानदार सुरुआत, कोस्टारिकाको पोष्टमा ७ गोल – Nepal Press

विश्वकपमा स्पेनको सानदार सुरुआत, कोस्टारिकाको पोष्टमा ७ गोल

काठमाडौं । फरान टोरेसको दुई गोल प्रेरित कोस्टारिकालाई ७–० गालको नतिजामा पराजित गर्दै स्पेनले समूह फिफा विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ ।

अल थुमामा स्टेडियममा सम्पन्न समूह‘ई’ को दोस्रो खेलको ११औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआति अग्रता दिलाएका थिए ।

मार्को एसेज्सियोले २१औं मिनेटमा जोर्डी अल्बाको पासमा उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

खेलको ३१औं मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै टोरेसले गरेको गोलमा स्पेनले कोस्टारिकाविरुद्धको अग्रता ३–० बनायो । पहिलो हाफमै तीन गोलको अग्रता लिएको स्पेन दोस्रो हाफमा पनि कोस्टारिकामाथि हाबी भयो ।

टोरेसले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा स्पेनका लागि चौथो गोल गर्दै टिमको अग्रता फराकिलो पारे । टोरेस विश्वकपमा डेब्यू गरेको सिजन स्पेनका लागि दुई गोल गर्ने तेस्रो खेलाडी भएका छन् । डेविड भिल्लाले सन् २००६ को विश्वकपमा युक्रेनविरुद्ध र जोस इरारागोरीले ब्राजिलविरुद्ध सन् १९३४ मा गरेको बाहेक स्पेनका लागि विश्वकपमा डेब्यू गरेको सिजन दुई गोल गर्ने पहिलो खेलाडी भएका छन् ।

खेलको ७४औ मिनेटमा गाभीले स्पेनका लागि पाँचौँ गोल गरे । कार्लोस सोलेरले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै स्पेनका लागि कोस्टारिकाविरुद्ध आधा दर्जन गोल पुरा गरे । खेलको इन्जुरी समयमा अलभारो मोराटाले गोल गर्दै स्पेनको जित ७–०ले पक्का गरे ।

स्पेनले विश्वकप इतिहासमा पहिलो पटक एक खेलमा सात गोल गरेको हो । स्पेन र क्रोयसियाले पनि विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । जितसँगै स्पेनले समूह ‘ई’ मा तीन अंक जोडेको छ ।

स्पेनले समूह चरणको दोस्रो खेलमा सोमबार जर्मनी सँग प्रतिस्पर्धा गर्नेछ ।कोस्टारिका ले आइतबार जापानको सामना गर्नेछ । समूह ‘ई’ को पहिलो खेलमा बुधवार साँझ जापानले जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर