अघिल्लो पटक सुदूरपश्चिममा प्रत्यक्ष तर्फ एक क्षेत्र मात्रै जितेको कांग्रेसलाई अहिले गठबन्धन फलिफाप – Nepal Press

अघिल्लो पटक सुदूरपश्चिममा प्रत्यक्ष तर्फ एक क्षेत्र मात्रै जितेको कांग्रेसलाई अहिले गठबन्धन फलिफाप

कैलाली । अघिल्लो पटक सुदूरपश्चिममा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै विजयी भएका थिए ।

माओवादी केन्द्रका खगराज भट्टलाई पराजित गरेर प्रत्यक्षमा एक क्षेत्र मात्रै जोगाउन सकेको कांग्रेसले अहिले सम्म ५ क्षेत्रमा विजयी भइसकेको छ भने २ क्षेत्रमा अग्रता बनाइरहेको छ ।

सत्ता गठबन्धनमा कांग्रेसलाई सुदूरपश्चिम प्रदेशमा १५ मध्ये ९ क्षेत्र भाग गरेको थियो । त्यो मध्ये बाजुरामा मतगणना हुन सकेको छैन ।

त्यस बाहेक कैलाली ४ वीरबहादुर बलायर,कञ्चनपुर ३ रमेश लेखक, डडेल्धुरमा शेरबहादुर देउवा अछाम २ मा पुष्प शाह र दार्चुला दिलेन्द्र बडू गरी कांग्रेस चार क्षेत्रमा विजयी भइसकेको छ । कैलाली ५ र कञ्चनपुर २ मा पनि कांग्रेसले अग्रता बनाइरहेको हो ।

कञ्चनपुर २ मा कांग्रेसका एनपी साउनले एमालेका नरबहादुर धामीसँग नरबहादुर धामीसँग अग्रता बनाइरहेका छन्, भने कैलाली ५मा एमालेका नारद मुनी रानासँग कांग्रेसका डिल्लीराज पन्तले अग्रता बनाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एक क्षेत्रमा मात्रै कांग्रेस पछि रहेको छ । कैलाली १ मा कांग्रेसका पूर्व मन्त्री राम जनम चौधरी नागरिक उन्मुक्ति पार्टी भन्दा पछि रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर