रामकुमारी झाँक्रीले खादा ओढाएर दिइन् गोकर्ण विष्टलाई बधाई (भिडिओ) – Nepal Press

रामकुमारी झाँक्रीले खादा ओढाएर दिइन् गोकर्ण विष्टलाई बधाई (भिडिओ)

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले बधाई दिएकी छन् ।

उनले खादा लगाएर बधाई दिँदै आफू खुशी भएको प्रतिक्रिया व्यक्त गरिन् । उनले यसरी बधाई दिएको भिडिओ सामाजिक सञ्जालमा विभिन्न टिप्पणी पाइरहेको छ । उनले भनिन्, यहाँ त माला नि पाउँदो रहेनछ, खादा नि रहेनछ, मलाई त खुशी नै लागेको छ ।’

अन्तिम मतगणनाअनुसार विष्टले २८४७६ मत प्राप्त गरेका छन् भने झाँक्रीले २६४४१ मत ल्याएकी छन् । गत निर्वाचनमा उनले यसै क्षेत्रबाट झाँक्रीले नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।

हेर्नुस् भिडिओः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर