बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मा १० गते पुनः मतदान हुने – Nepal Press

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मा १० गते पुनः मतदान हुने

काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मंसिर १० गते पुनः निर्वाचन हुने भएको छ । उक्त मतदान स्थलमा मंसिर ४ गते निर्वाचनमा दिन विवाद हुँदा २ जनाको मृत्यु भइसकेको छ ।

मंसिर १० गते पुनः निर्वाचन गर्ने आयोगले निर्णय गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव ऋषिराज भुसालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यस अघि विवाद भएका कारण स्थगित भएको गुल्मी र सुर्खेतमा पुनः निर्वाचन भइसकेको छ ।

यसैबिच निर्वाचन आयोगले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुगेको जनाएको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुगेको सहायक प्रवक्ता भुसालले जानकारी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर