म्याग्दीको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जित निश्चित – Nepal Press

म्याग्दीको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जित निश्चित

पोखरा । म्याग्दी प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जित्ने निश्चित भएको छ ।

म्याग्दीमा कांग्रेसका उम्मेदवार खमवीर गर्बुजाले गणना गर्न बाँकी मत भन्दा अग्रता बढी बनाएका छन् ।

म्याग्दीमा २ हजार ७०५ मत गन्न बाँकी रहँदा गर्बुजाले ३ हजार ७३४ मतको अग्रता कायम राखेका छन् । गर्बुजाले २२ हजार ७६६ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १९ हजार ३२ मत पाएका छन् ।

नेपाली कांग्रेसले गण्डकीका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये योसँगै ४ सिट जितेको छ । यसअघि कांग्रेसले मनाङ, मुस्ताङ, तनहुँ २ मा जित निकालिसकेको छ ।

माओवादी केन्द्रले पनि गोरखा २, बागलुङ २ मा जित निकाल्दा राष्ट्रिय जनमोर्चाले पनि एक सिट जितिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर