दोलखाको मतगणना नहुने, बुथ कब्जा भएका स्थानको निर्वाचन आयोगले निर्णय लिने – Nepal Press

दोलखाको मतगणना नहुने, बुथ कब्जा भएका स्थानको निर्वाचन आयोगले निर्णय लिने

काठमाडौं । निर्वाचन आयोगले दोलखाको मतगणना अघि नबढाउन निर्देशन दिएको छ । सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्ले र गंगा कार्कीको नेतृत्वमा ८ वटा भन्दा बढी बुथ कब्जा गरेको रिपोर्टपछि आयोगले छानबिन थालेको छ ।

दोलखाको तामाकोशी, बैत्यश्वर, कालिन्चोक, गौरीशंकरलगायत गाउँपालिकाका विभिन्न बुथमा सत्ता गठबन्धनले नियन्त्रण लिएर मतदान गरेका भिडिओहरु समेत सार्वजनिक भएका छन् ।

मुख्य नर्विाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आयोगबाट निर्णय नभएसम्मका लागि मतगणना प्रक्रिया अघि नबढाइने विज्ञप्तिमार्फत जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर