अछाममा कांग्रेसका पुष्पबहादुरले एमालेका यज्ञबहादुरसँग लिए बदला – Nepal Press

अछाममा कांग्रेसका पुष्पबहादुरले एमालेका यज्ञबहादुरसँग लिए बदला

काठमाडौं । अछामबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् । पाँच वर्षअघि एमालेका यज्ञबहादुर बोगटीसँग पराजित शाहले यस पटक बोगटीलाई नै पराजित गरेका हुन् ।

शाह २२ हजार ९५४ मतसहित विजयी हुँदा बोगटी १६ हजार ११४८ मत पाएर पराजित भए । शाह ६ हजार ८४० को मतान्तरले विजयी भएका हुन् । २०७४ को निर्वाचनमा शाहलाई बोगटीले २ हजार ८५९ मतान्तरले पराजित गरेका थिए । यस पटक शाहले तेब्बर मतान्तरले पराजित गरेको छन् ।

२०७४ को निर्वाचनमा बोगटीले २१ हजार ९६५ मत प्राप्त गर्दा शाहले १९ हजार १०६ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेका थिए भने यस पटक नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँग तालमेल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर