सर्वेन्द्रनाथ शुक्लले खोले लोसपाको विजयी खाता, रुपन्देही ४ मा भयो कमब्याक – Nepal Press

सर्वेन्द्रनाथ शुक्लले खोले लोसपाको विजयी खाता, रुपन्देही ४ मा भयो कमब्याक

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् ।

निर्वाचन अधिकृत देवेन्द्र आचार्यले क्षेत्र नम्बर ४ को ७६ हजार ६ सय ७५ मत गणना हुँदा शुक्लाले २८ हजार मत प्राप्त गरेको जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन् । यादव सोही क्षेत्रका निवर्तमान सांसद हुन् ।

यहाँबाट जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत पाएका छन् । नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादव चौथो स्थानमा रहेका छन् ।

१ लाख दस हजार ६ सय ५९ मतदाता रहेको क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो। लोसपाका कार्यकारिणी समितिका सदस्य रहेका शुक्ला योसहित तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर