माओवादीका नेता चुमान बने दोस्रो पटक प्रदेश सांसद – Nepal Press

माओवादीका नेता चुमान बने दोस्रो पटक प्रदेश सांसद

पोखरा । माओवादीका नेता हरिबहादुर चुमान दोस्रो पटक गण्डकी प्रदेश सभा सदस्य चुनिएका छन् । चुमान तनहुँ १ (२) बाट निर्वाचित भएका हुन् ।

चुमानले १३ हजार २७१ मत ल्याएर चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४९८ मत पाउन सके । यहाँ कुल ३० हजार ३८१ सदर मत खसेको थियो । पूर्णबहादुर गुरुङ चुनाव अघि नेपाली कांग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका थिए ।

निर्वाचित भएका चुमानले नेपाल प्रेससँग संक्षिप्त कुराकानी गर्दै अब आफूले मुख्यमन्त्रीको दाबेदारी दिने बताए । ‘अहिलेसम्म केही बोल्न मिल्ने अवस्था थिएन, अब मुख्यमन्त्रीको दाबेदारी दिन्छु, मेरो स्वतः दाबेदारी रहन्छ,’ उनले भने ।

यससँगै माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा ३ सिट जितेको छ । यसअघि माओवादी केन्द्रले म्याग्दी १ (२) र गोरखा १ (१) मा प्रदेशसभा सदस्य जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर