कांग्रेसका लुम्बिनी प्रदेश सभापतिलाई माओवादीका बागीले हराए – Nepal Press

कांग्रेसका लुम्बिनी प्रदेश सभापतिलाई माओवादीका बागीले हराए

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिंह पुनलाई माओवादीबाट विद्रोह गरेर गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका दीपेन्द्र पुन सिजलले जित हात पारेका छन् ।

कांग्रेससँगको गठबन्धनको विरोध गर्दै माओवादीबाट राजीनामा दिएर रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार पुन निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रले भागवण्डामा सो क्षेत्र कांग्रेसलाई दिने सहमति गरेपछि उनी स्वतन्त्र उठेका थिए । पछि उम्मेदवारी फिर्ता लिनुपर्ने भन्दै पार्टीबाट दबाब आएपछि राजीनामा दिएर बसेका थिए । उनी माओवादीको केन्द्रीय सदस्य थिए ।

अन्तिम मत परिणामअनुसार धारो चुनावबाट उठेका पुनले १४ हजार ९ सय २७ मत प्राप्त गरे। त्यहाँ कांग्रेसका पुनले १० हजार ४ सय ६ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा एमाले उम्मेदवार छन्। उनले ८ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका कार्यकर्ताले भने माओवादीले रणनीतिक रूपमा यस्तो गरेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर