राजनीति विकृतिप्रति तीखो व्यंग्य गरिएको गीत ‘झोले’ (भिडिओ) – Nepal Press

राजनीति विकृतिप्रति तीखो व्यंग्य गरिएको गीत ‘झोले’ (भिडिओ)

काठमाडौं । भर्खरै सकिएको निर्वाचनको मतगणना जारी छ । विशेषगरी राजनीतिक विकृति र विसंगतिप्रति आम युवाहरुको निकै वितृष्णा जागेको देखिएको छ । पछिल्ला परिणामहरुले पनि त्यस्तो देखाएका छन् । यस्तै विषयलाई केन्द्रमा राखेर गीति कोशेली ‘झोले’ सार्वजनिक भएको छ ।

यशोदा गैरेको प्रस्तुती रहेको गीतमा गायक सुमन मगरको स्वर एवम् बालकृष्ण गजुरेलको शब्द रहेको छ । यसैगरी, संगतीकार सुमन राईले संगीत संयोजन गरेका छन् । फरक ढंगले प्रस्तुत गरिएको गीतमा आधुनिक र्‍याप रहेको छ । विनोद गुरुङले गरेको र्‍यापमा हरेक विषयलाई कलात्मक ढंगले उठान गरिएको छ ।

गीतमा सान्दर्भिक संवादसमेत समावेश छ । जसमा इप्सिचुङ चाम्लिङ, बालकृष्ण गजुरेल र यशोदा गैरेले आवाज दिएका छन् ।

गीतले मूलतः राजनीतिक विृकतिमाथि प्रहार गरेको छ । २००७ सालको प्रजातन्त्र स्थापनाका निम्ति भएका त्याग, वलिदान र ठूला आन्दोलनहरु अहिले खेर गएको आशय दिएको छ ।

राजनीतिका मालिक भएर पनि विचार, योजना र दृढताबिना अघि बढ्दा देश अधोगतितिर गएको जसका कारण शिक्षित युवाहरुले पनि राजनीतिक कार्यकर्ता हुनुपर्ने वा विदेश जान झोला बोक्नुपर्ने बाध्यताको विषयलाई र्यापको माध्यमबाट प्रस्तुत गरिएको छ । जनता आमरुपमा मतदाता मात्रै बनेको र चौतर्फी मारले पिल्सिरहेको उल्लेख छ । स्वतन्त्रताका निम्ति गरिएको आन्दोलनहरु त्यसै खेर गएको सार गीतमा प्रस्तुत गरिएको छ ।

अन्त्यमा गीतले आफ्नै देश र जनताका लागि समर्पित हुन सचेत पनि गराएको छ । पछिल्लो राजनीतिक अवस्था हेर्दा केही स्थानमा युवाहरुले निर्वाचन जितिरहेको अवस्था छ । जसरी यस गीतमा परिवर्तनको निम्ति घच्घच्याइएको छ अहिले चरितार्थ भएको अनुभूति हुन्छ ।

गैरेको युट्युब च्यानलबाट सार्वजनिक गीत सो टिमको पहिलो प्रयास हो । यद्यपी हेर्नेहरुले समसामयिक र चोटिलो प्रसंग भन्दै प्रशंसा गरिरहेका छन् ।

भिडिओः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर