विश्वकपः क्रोयसिया र मोरक्कोले अंक बाँडे – Nepal Press

विश्वकपः क्रोयसिया र मोरक्कोले अंक बाँडे

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह‘एफ’ को पहिलो खेलमा गोलरहित बराबरी खेल्दै सविक उपविजेता क्रोयसिया र मोरक्कोले अंक बाँडेका छन् ।

अल बायट स्टेडियममा सम्पन्न खेलको अन्तिम सम्यसम्म पनि दुवै टिमले गोल गर्ने थुपै्र अवसरहरु सृजना गरेका थिए । तर, फिनिसिङमा चुक्दा गोल भने हुन सकेन ।

विश्वकपमा दुवै टिम पहिलो पटक आमने समाने भएका हुन् । यसअघि एक पटक मात्रै हासान ट्रफिमा सने १९९६ मा क्रोयसिया र मोरक्कोले प्रतिस्पर्धा गरेका थिए । जहाँ खेलको निर्धारित समय र अतिरिक्त समय दुवैमा २–२ गोलको बराबरी भएपछि पेनाल्टि सुटआउटमा क्रोयसियाले ७–६ गोलको नतिजामा जित निकालेको थियो ।

हालसम्म क्रोयसियाले अफ्रिकन प्रतिद्वन्दीसँग विश्वकपमा कुनैै पनि खेल हारेको छैन ।
छैठौं पटक विश्वकप खेलिरहेको मोरक्कोले सन् १९९८ देखि समूह चरण पार गर्न सकेको छैन । मोरक्को १९९८ मा अन्तिम १६ मा जर्मनीसँग १–० गोलको नतिजामा पराजित हुँदै बाहिरिएको थियो ।

समूह ‘एफ’ मा आज राती १२ः४५ मा हुने खेलमा वेल्जियम र क्यानाडा भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर