विश्वकपः क्रोयसिया र मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

विश्वकपः क्रोयसिया र मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह‘एफ’ को पहिलो खेलकोे पहिलो हाफमा मोरक्को र क्रोयसियाले गोलरहित बराबरी खेलेका छन् ।

अल बायट स्टेडियममा जारी खेलमा दुवै टिमले गोल गर्ने केहि अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता लिन सकेका छैनन् ।
दुवै टिम पहिलो पटक विश्वकपमा आमने समाने भएका हुन् । यसअघि एक पटक मात्रै हासान ट्रफिमा सने १९९६ मा क्रोयसिया र मोरक्कोले प्रतिस्पर्धा गरेका थिए । जहाँ खेलको निर्धारित समय र अतिरिक्त समय दुवैमा २–२ गोलको बराबरी भएपछि पेनाल्टि सुटआउटमा क्रोयसियाले ७–६ गोलको नतिजामा जित निकालेको थियो ।

क्रोयसियाले अफ्रिकन प्रतिद्वन्दीसँग विश्वकपमा कुनैै पनि खेल हारेको छैन ।
योसहित छैठौं पटक विश्वकप खेलिरहेको मोरक्कोले सन् १९९८ देखि समूह चरण पार गर्न सकेको छैन । मोरक्को १९९८ मा अन्तिम १६ मा जर्मनीसँग १–० गोलको नतिजामा पराजित हुँदै बाहिरिएको थियो ।
समूह ‘एफ’ मा आज राती १२ः४५ मा हुने खेलमा वेल्जियम र क्यानाडा भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर