बर्दघाटमा हत्या गरेको अभियाेगमा एक पक्राउ – Nepal Press

बर्दघाटमा हत्या गरेको अभियाेगमा एक पक्राउ

रुपन्देही । मंगलबार राति पश्चिम नवलपरासीको बर्दघाटमा खुकुरी प्रहार गरी एक जनाको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट–४ को एक खाजा पसलमा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

खुकुरी प्रहार गरेकामध्ये एक जनाको मृत्यु भएको छ भने अर्कोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हत्या अभियोगमा बर्दघाट २ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना पक्राउ परेका हुन् । उनले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

राना पसल धनी ४२ वर्षीया विष्णुकुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दिलीपकुमार पुनमाथि टाउकोमा खुकुरी प्रहार गरेर फरार भएका थिए । खुकुरी प्रहारबाट गम्भीर भएका पुनको उपचारका क्रममा गएराति नै मृत्यु भएको थियो । मृतक बडीघाट गाउँपालिका–४ बाग्लुङका हुन् ।

चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकी विष्णु पनि बडीघाटबाट बर्दघाट आएकी हुन् । विष्णुका श्रीमान भने बाग्लुङमै छन् । दुई छोरा कामको सिलसिलामा विदेश छन् ।

करिब ५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक पुन र विष्णुबीच दाजुबहिनीको नाता रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर