रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि जिल्ला अध्यक्ष महतले दिए राजीनामा – Nepal Press

रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि जिल्ला अध्यक्ष महतले दिए राजीनामा

रूपन्देही । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई गुल्मी २ बाट जिताउन नसकेपछि सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम महतले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महतले पार्टीको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

महतले पराजयको नैतिक जिम्मेवारी लिँदै जिल्ला अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

केही समयअघि यहाँका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी एमालेमा प्रवेश गरेपछि महत अध्यक्ष भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर