बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा शुक्रबार नेपाल आउने – Nepal Press

बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा शुक्रबार नेपाल आउने

शनिबार पशुपतिनाथको दर्शन एवम् लाइभ कन्सर्ट गर्ने

काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । उनी शुक्रबार काठमाडौं आउनेछन् । झाले शनिबार ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिनेछन् । उनी शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आउनेछन् ।

शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । शनिबार साँझमा झाले क्लबमा लाइभ कन्सर्ट दिने छन् ।

उनी चर्चित नेपाली तथा भारतीय गायक उदित नारायण झाका छोरा हुन् ।

झा भारतका सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा शोका होस्ट गरिसकेका छन् । उनले नेपाली गीत पनि गाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *