बाँके ३ (१) बाट एमालेका रत्न खत्री विजयी – Nepal Press

बाँके ३ (१) बाट एमालेका रत्न खत्री विजयी

रुपन्देही । बाँकेको क्षेत्र नं ३ (१) प्रदेशसभाबाट नेकपा एमालेका रत्न खत्री निर्वाचित भएका छन् । एमाले बाँकेका सचिव रहेका खत्री लुम्बिनी प्रदेशसभा सदस्यमा १३ हजार १५८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६९४ मतान्तरले पराजित गरेका हुन् । खत्रीले १३ हजार १५८ मत ल्याएका छन् । सुनार ११ हजार ४६४ मतमा रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले ९ हजार ५४७ र नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेलले १ हजार ९९५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर