सप्तरी ३ (२)मा जनमत पार्टीका साह विजयी – Nepal Press

सप्तरी ३ (२)मा जनमत पार्टीका साह विजयी

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र ३ (२)मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन् । उनले १० हजार ८६२ मत ल्याएर विजयी भएका हुन् ।

साहका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विदेश्वर प्रसाद यादव ‘विक्की’ले १० हजार ८१४ मत प्राप्त गरेका छन् ।

योसँगै सप्तरीको प्रदेशसभाका तीन सिट जनमतले जितेको छ । रुपन्देहीमा पनि जनमत पार्टीले एक प्रदेशसभा क्षेत्र जितेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर