सिन्धुलीबाट प्रतिनिधिसभातर्फ माओवादीको विजयी सुरुआत, राजन दाहाल निर्वाचित – Nepal Press

सिन्धुलीबाट प्रतिनिधिसभातर्फ माओवादीको विजयी सुरुआत, राजन दाहाल निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ पहिलो जित सिन्धुली २ बाट निकालेको छ ।

सिन्धुली क्षेत्र नम्बर २ मा माओवादीका राजन नामले परिचित लेखनाथ दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार दाहाल यसअघि प्रदेश सभा सदस्य थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर