निर्वाचन परिणामलाई लिएर नारायणकाजीको टिप्पणी: सबै आँधिबेरीले ध्वंश मात्रै पार्दैन, बाटो सफा पनि गर्छ – Nepal Press

निर्वाचन परिणामलाई लिएर नारायणकाजीको टिप्पणी: सबै आँधिबेरीले ध्वंश मात्रै पार्दैन, बाटो सफा पनि गर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतपरिणामबारे गम्भीर विश्लेषण गर्नुपर्ने टिप्पणी गरेका छन्।

सत्ता गठबन्धनमा सामेल दल माओवादीले उल्लेख्य मात्रामा जित्न नसकेको अवस्थामा उनले यस्तो बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र बिश्लेषण, संश्लेषण गर्नै पर्छ । त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ ।’

उनले सबै आँधिबेरीहरु जीवन ध्वंश गर्न मात्र नआउने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘तर अहिले यति मात्र। बुद्ध शिक्षाको महत्वपुर्ण निम्न अंश लाई मनन गरौं । सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर