प्रतिनिधिसभाका २१ सीटको नतिजामा कांग्रेसको अग्रता, अरुले कति सीट जिते ? (सूचीसहित) – Nepal Press

प्रतिनिधिसभाका २१ सीटको नतिजामा कांग्रेसको अग्रता, अरुले कति सीट जिते ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १९ वटा निर्वाचन क्षेत्रको मतपरिणाम आइसक्दा सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस १२ सीटसहित अग्रस्थानमा छ । मतगणना भइरहेकामध्ये कांग्रेसले ४२ स्थानमा अग्रता लिएको छ ।

कांग्रेसलाई अहिलेसम्म सबैभन्दा राम्रो नतिजा काठमाडौंले दिएको छ । काठमाडौं १ बाट प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजेन्द्र केसी विजयी भएका छन् ।

त्यस्तै रसुवाबाट मोहन आचार्य, ललितपुर १ बाट उदयशमशेर जबरा, तनहुँ २ बाट शंकर भण्डारी निर्वाचित भएका छन् । मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन विजयी भएका छन् भने सुर्खेत २ बाट हृदयराम थानी र डडेल्धुराबाट शेरबहादुर देउवा विजयी भएका छन् ।

गठबन्धनसँग प्रतिस्पर्धामा रहेको नेकपा एमालेले अहिलेसम्म ३ सीटमा जित निकालेको छ भने ४८ ठाउँमा अग्रता लिइरहेको छ । एमालेबाट अहिलेसम्म काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ, ललितपुर २ मा प्रेम महर्जन र उदयपुर २ मा अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ३ सीटमा जित निकालिसकेको छ भने एउटामा जित निश्चित भएको छ । अहिलेसम्म सो पार्टीले काठमाडौं २ मा सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठलाई सांसद जिताउँदा ६ मा शिशिर खनालको विजय घोषणा बाँकी छ ।

सो पार्टीले ललितपुर ३, चितवन १ र २ तथा सुनसरी २ मा अग्रता कायम राखेको छ । हालसम्म राप्रपा महामन्त्री धवलशमशेर जबरा बाँके २ बाट विजयी भएका छन् भने नेकपा एसबाट शेरबहादुर कुँवर अछाम १ मा जितेका छन् । नेकपा एसले रौतहट १, बारा ४, धादिङ १, दाङ १, सल्यान र डोटीमा अग्रता लिइरहेको छ ।

त्यस्तै कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गौरी चौधरी बिजयी भएका छन् । नागरिक उन्मुक्तिले कैलाली १ र २ तथा बर्दिया २ मा अग्रता लिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर