गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु – Nepal Press

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुपन्देही । गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधवार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामो, ४३ वर्षकी जमुना सोमै को रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनामा सत्यवती–३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै घाइते रहेका छन् । रातीको समयमा घटना भएको र उद्धार हुन नसकेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर