माओवादीमा टिकट नपाएर जसपामा गएका अग्रवालको जित सुनिश्चित, बहालवाला मन्त्री तेस्रो – Nepal Press

माओवादीमा टिकट नपाएर जसपामा गएका अग्रवालको जित सुनिश्चित, बहालवाला मन्त्री तेस्रो

रुपन्देही । लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाललाई तेस्रो स्थानमा पुराएर बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवालले जित सुनिश्चित गरेका छन् ।

जारी मतगणना अन्तिम चरणमा पुग्दा अग्रवालले ८२४६ मत पाएका छन् । उनले कांग्रेसका सुरेन्द्रबहादुर हमाल र एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । हमाल लुम्बिनीका वनमन्त्री हुन् ।

गुरुङले ६७०९ र हमालले ६२४७ मत पाएका छन् । अग्रवाल माओवादीबाट टिकट नपाएपछि जसपामा प्रवेश गरेर टिकट लिएका थिए ।

निर्वाचन कार्यालयले सो क्षेत्रमा मत गनेर सकिए पनि प्रतिनिधि सभाको गणना बाँकी रहेकाले घोषणा गरेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर