सप्तरी २ काे मतगणना विवाद : स्थगित गर्न जसपाको चेतावनी – Nepal Press

सप्तरी २ काे मतगणना विवाद : स्थगित गर्न जसपाको चेतावनी

जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ को मतगणना विवादमा परेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चुनाव जित्ने भएपछि जसपाका कार्यकर्ता विवाद खडा गरेका हुन् ।

अध्यक्ष उपेन्द्र यादव चुनाव हार्ने निश्चित भएपछि जसपाका एक कार्यकर्ताले मतपेटिकाको सिल भेरिफिकेसन गर्नुपर्ने माग राख्दै मतगणना स्थगित गर्न माग गरेका हुन् । ति कार्यकर्ताले निर्वाचन अधिकृतलाई निवेदनसमेत दिएका छन् ।

अहिले निर्वाचन अधिकृतको कार्यालय अगाडी अर्थात् मतगणना स्थलमा जसपाका कार्यकर्ताहरु धर्ना समेत बसेका छन् ।

Exif_JPEG_420

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर