कास्कीका तीनवटै क्षेत्रमा एमालेलाई अग्रता – Nepal Press

कास्कीका तीनवटै क्षेत्रमा एमालेलाई अग्रता

पोखरा । कास्कीका तीनवटै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ । अहिले तीनवटै निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा एमालेले अग्रता लिएको हो ।

कास्की १ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङले अग्रता कायमै राखेका छन् ।

गुरुङले ५ हजार ८०६ मत ल्याउँदा नेपाली कांग्रेसका किशोरदत्त बरालले ५ हजार ५२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

कास्की १ कै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा पनि एमालेको अग्रता छ । यहाँ एमालेका वेदबहादुर गुरुङ श्यामले ६ हजार ११ मत ल्याउँदा नेपाली कांग्रेसका दीपक गुरुङले ५ हजार ३७५ मत प्राप्त गरेका छन् ।

कास्की २ मा पनि नेकपा एमालेकी विद्या भट्टराई अगाडि छिन् । उनले ५ हजार ५८८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ५ हजार १९४ मत पाएका छन् ।

कास्की प्रदेशसभा निर्वाचन क्षेत्र २ (१) मा पनि एमालेका भीम कार्की अगाडि छन् । उनले ६ हजार ३९७ मत पाउँदा राप्रपाका विजय भण्डारीले ५ हजार ५२ मत पाएका छन् ।

कास्की ३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता कायमै राखेका छन् । बैरागीले ६ हजार ८३९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ५७० र नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनले ४ हजार ८३८ मत पाएका छन् ।

कास्की ३ (१)० मा पनि एमालेकै गणेशमान गुरुङ अगाडि छन् । उनले ७ हजार ७४६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दुर्गादत्त भण्डारीले ५ हजार ३९९ पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर