रुपन्देहीमा लोसपाको खाता खुल्यो, प्रदेशसभामा कन्हैया विजयी – Nepal Press

रुपन्देहीमा लोसपाको खाता खुल्यो, प्रदेशसभामा कन्हैया विजयी

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा आफ्नो पहिलो जित दर्ता गराएको छ ।

रुपन्देहीको क्षेत्र नं ४ अन्तरगत प्रदेश सभा सदस्य ४ को १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन् ।

कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २ सय ५३ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

आचार्यले निर्वाचन कार्यालयले प्रतिनिधिसभाको मत गन्न बाँकी रहेकाले र केही मत थप हुनसक्ने भएकाले आधिकारिक घोषणा नगरेको तर गणना भएको तथ्यांक सार्वजनिक गरेको नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर