चुनाव नजित्दै विश्वप्रकाशले भने- गगनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री प्रस्ताव गर्छु – Nepal Press

चुनाव नजित्दै विश्वप्रकाशले भने- गगनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री प्रस्ताव गर्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने जनाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा १ बाट विजयोन्मुख शर्माले काठमाडौं ४ बाट प्रतिनिधिसभामा निर्वाचित थापालाई आफूले पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्न मन लागेको उल्लेख गरेका छन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा गगनको फोटोमा हार्दिक बधाई भन्दै लेखेका छन्, जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ’

थापा २१३०२ मतसहित विजयी बनेका छन् । उनले उम्मेदवारी घोषणादेखि नै आफू भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा आएको दाबी गरेका थिए । त्यस्तै, आफूले अब १० वर्षमात्रै सक्रिय राजनीति गर्ने पनि घोषणा गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर