विश्वकप : डेनमार्क र ट्युनिसियाको गोलरहित बराबरी – Nepal Press

विश्वकप : डेनमार्क र ट्युनिसियाको गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।

मङ्गलवार एडुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसरहरू सृजना गरेका थिए । तर, फिनिसिङमा चुक्दा दुवै टिमले समूह ‘डी’ मा अंक बाँडेका हुन् ।

पहिलो हाफमै डेनमार्कले पहिलो हाफमा र दोस्रो हाफमा एक÷एक गोल गरेको थियो तर, अफसाईड हुँदा रेफ्रीले मान्यता दिएनन् ।

डेनमार्क र ट्युनिसिया विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । यसअघि, २० वर्ष अगाडी प्रतिस्पर्धा गर्दा डेनमार्कले २–१ गोलको नतिजामा पराजित गरेको थियो ।

डेनमार्क अफ्रिकन टिमसँग विश्वकपमा आजसम्म पराजित हुन परेको छैन । यस्तै, ट्युनिसियाले यसअघि विश्वकपमा युरोपियन टिमसँग प्रतिस्पर्धा गरेको थिएन ।

यो डेनमार्कको फिफा विश्वकपमा छैटौँ पटक सहभागिता हो र सन १९९८÷२००२ पछि लगातार दुई पटक छनोट भएको यो पहिलो पटक हो ।

समूह चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा डेनमार्कले शनिवार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ भने, ट्युनिसियाले शनिवार नै अष्ट्रेलियासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर