झलनाथलाई जित निकाल्न कठिन, एमालेका महेश बस्नेतको अग्रता फराकिलो बन्दै – Nepal Press

झलनाथलाई जित निकाल्न कठिन, एमालेका महेश बस्नेतको अग्रता फराकिलो बन्दै

काठमाडौं । चुनावी मैदानमा रहेका पाँचजना पूर्व प्रधानमन्त्रीमध्ये झलनाथ खनालको बिजय कठिन बनेको छ ।

नेकपा एसका सम्मानित नेता समेत रहेका खनाल इलाम १ बाट गठबन्धनको साझा उम्मेदवार छन् । मंगलवार साँझ ८ बजेसम्मको मतगणना अनुसार खनाल करिब १५ सय मतले पछाडि छन् ।

गणनाको सुरुदेखि नै पछि परेका खनाल विगतमा आफ्नै कार्यकर्ता रहेका महेश बस्नेतसँग प्रतिस्पर्धामा छन ।

इलाम नगरपालिकाका पूर्व मेयर समेत रहेका एमाले इलामका अध्यक्ष महेश बस्नेत १० हजार २८७ मतसहित अग्रस्थानमा रहदा खनाल ८ हजार ७८० मतसहित दोस्रो स्थानमा छन् ।

खनालले अग्रता लिने अवस्था कमजोर बन्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर