कास्की २ मा विद्या भट्टराईले लिइन् पहिलो अग्रता – Nepal Press

कास्की २ मा विद्या भट्टराईले लिइन् पहिलो अग्रता

पोखरा । कास्की २ मा मतगणनाको दोस्रो दिन चलिरहँदा नेकपा एमालेकी विद्या भट्टराईले पहिलोपटक अग्रता लिएकी छन् । पछिल्लो मत परिणामअनुसार विद्याले पाँच हजार ५८९ मत पाएकी छन् । यस्तै, सोमबारदेखि अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले भने हाल पाँच हजार १९३ मत ल्याउँदै पछि परेका छन् ।

त्यस्तै, नेकपा एसका तर्फबाट गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले तीन हजार ३६७ मत प्राप्त गरेका छन् । अहिले कास्की २ मा पोखरा महानगरपालिका २१ नम्बर वडाको मतगणना भइरहेको छ ।

यो नेकपा एमालेको राम्रो पकड भएको क्षेत्र हो । यसअघि पोखरा १५, ७ र १७ नम्बर वडाको मतगणना गरिएको थियो । पोखरा २१ बाट ५ हजार ७१ मत खसेको थियो । कास्की २ मा कुल ४९ हजार ९२० मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर