विजयोन्मुख बनेपछि प्रदीप पौडेल मतगणना स्थलमा, समर्थकले दिन थाले बधाई – Nepal Press

विजयोन्मुख बनेपछि प्रदीप पौडेल मतगणना स्थलमा, समर्थकले दिन थाले बधाई

काठमाडौं । काठमाडौं क्षे नं. ५ को मतगणना करिब अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेल तीन हजार ६०० भन्दा बढी मतले अगाडि छन् । पौडेलले ११ हजार ६०० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७ हजा ९८२ मत पाएका छन् ।

विजयोन्मुख बनेपछि पौडेल मतगणना स्थलमा पुगेका छन् । उनका समर्थकहरुले गणना नसकिँदै बधाई दिन थालेका छन् ।

यस क्षेत्रमा ४६ हजार ११६ मत खसेकोमा अब १० हजार ६२८ मत गणना गर्न बाँकी रहेको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर