पर्सा प्रदेशसभा क्षेत्र २ (१) बाट कांग्रेसका पटेल निर्वाचित – Nepal Press

पर्सा प्रदेशसभा क्षेत्र २ (१) बाट कांग्रेसका पटेल निर्वाचित

जनकपुरधाम । पर्सा प्रदेशसभा क्षेत्र २ (१) बाट नेपाली कांग्रेसका श्याम प्रसाद पटेल निर्वाचित भएका छन् ।

१३ हजार ७८४  मत ल्याएर पटेल विजयी हुँदा जसपाका रामनरेश प्रसाद यादव १२ हजार १२७ मत पाएका हुन् । पटेललाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको थियो ।

पराजित जसपाका यादवलाई नेकपा एमालेको समर्थन थियो । ०७४ मा यो क्षेत्रबाट कांग्रेसका राजेश्वर प्रसादले विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर