प्रकाशमानको बचाउमा राजेशपायल : बलिदानी परिवारको सदस्यले जित्दा किन रोइलो ? – Nepal Press

प्रकाशमानको बचाउमा राजेशपायल : बलिदानी परिवारको सदस्यले जित्दा किन रोइलो ?

काठमाडौं । काठमाडौं १ बाट चुनाव जितेका कांग्रेस नेता प्रकाशमान सिंहबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु भएपछि गायक राजेश पायल राई उनको बचाउमा उत्रिएका छन् । प्रकाशमानको जितमा रोइलो गर्नुले देशमा अझै प्रजातन्त्र र असली चुनाव नभएको उनको तर्क ।

फेसबुकमा स्टाटस लेख्दै राईले यस्तो तर्क गरेका हुन् । उनले प्रकाशमानलाई बधाइ दिँदै भनेका छन्, ‘आफ्नो जीवन प्रजातन्त्रकै लागि त्याग गरे, पद पनि अरुकै निम्ती अर्पण गरे, यस्तो परिवारको सदस्यले चुनाव जितिरहदा पनि रोइलो गर्छन् भने यो देशमा अझै प्रजातन्त्र र असली चुनाव भएकै छैन । हार्दिक बधाई प्रकाशमान दाई ।’

आज बिहान सम्पन्न भएको मतगणनामा कांग्रेस नेता सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *