एक सातामा थपियो करिब १७ अर्ब निक्षेप – Nepal Press

एक सातामा थपियो करिब १७ अर्ब निक्षेप

काठमाडौं । कात्तिकको अन्तिम साता बैंकिङ्ग प्रणालीमा करिब १७ अर्ब निक्षेप थपिएको छ। यद्यपि कातिक महिनाभरमा भने जम्मा २२ अर्ब निक्षेप थपिएको देखिन्छ।

चुनावका लागि बैंकबाट रकम झिक्ने र राख्ने क्रम उस्तै देखिएको छ । ऋण लगानी भने पछिल्लो हप्ता ठप्प भएको नेपाल बैंकर्स संघले जनाएको छ ‌।

कातिकको ४ गतेसम्म बाणिज्य बैंकमा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा कात्तिक ३० सम्मआइपुग्दा निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर